झापा, असोज ५ । हाडनाता करणी गरेको आरोपमा झापा भद्रपुरका एक व्यक्ति पक्राउ परेका छन् ।

सानैदेखि फरक क्षमता भएकी २२ वर्षीया युवतीलाई असोज २ गते जवरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय व्यक्ति पक्राउ परेका हुन् । दिउँसो २ बजे पीडित सुतेको खाटमा आई जवरजस्ती करणी गरी उनी फरार भएका थिए ।
हिजो जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि पीडकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



