झापा, असोज ५ । जेनजीको आन्दोलनका कारण ट्राफिक प्रहरी विस्थापित बनेपछि सवारी दुर्घटना बढेको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढेसंगै दुर्घटना पनि बढेको हो । झापाका विभिन्न स्थानमा भएका दुर्घटनामा परी हिजो एकैदिन ९ जना घाइते भएका छन् ।
हिजो दिउँसो १२ः१० बजे बिर्तामोड –२ बेलडाँगीस्थित लक्ष्मीपुर–चैतुवारी भित्री सडकखण्डमा लक्ष्मीपुरवाट चैतुवारीतर्फ जाँदै गरेको मे २ प ८०५१ नं. को मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया तारादेवी सिलवाललाई ठक्कर दिएको छ । दुर्घटनामा पैदलयात्री सिलवालसंगै मोटरसाइकल चालक भद्रपुर –९ बस्ने २२ वर्षीय दिपेश राजवंशी र पछाडी सवार बाह्रदशी –२ बस्ने २४ वर्षीय दिपक राजवंशीसमेत घाइते भएका छन् ।
घाइते दुवै राजवंशीलाई बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ भने पैदलयात्री सिलवालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्वाको नियन्त्रणमा रहेको छ ।
त्यस्तै हिजो दिउँसो ३ः३० बजे बिर्तामोड नगरपालिका –३ स्थित भद्रपुर– बिर्तामोड सडकखण्डमा प्र.१–०२–००१ क ३७३७ नम्बरको जेसीबीले मे२प ९९८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक हल्दिबारी –२ बस्ने ६१ वर्षीय ज्ञानबहादुर घिसिङ र पछाडि सवार उनकी श्रीमती ६२ वर्षीया बिरमाया घिसिङ घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको छ ।जेसीबी चालक झापा गाउँपालिका –४ बस्ने ३६ वर्षीय रोहित मिया उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
त्य
स्तै हिजो साँझ ६ः३० बजे बुद्धशान्ति –२ जयपुरस्थित भित्री सडकखण्डमा जयपुरबाट बुधबारेतर्फ जाँदै गरेको मे.४ प.६२३२ न.को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१५प.००३३ न. को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको छ । दुर्घटनामा मे.४ प.६२३२ न.को मोटरसाइकलका चालक अर्जुनधारा –१ बस्ने २८ वर्षीय देबेन्द्र आचार्य र सोही मोटरसाइकलमा पछाडि सवार ३८ वर्षीय कृष्ण सुवेदी घाइते भएका छन् ।
त्यस्तै प्र.१–०१–०१५प.००३३ न.को मोटरसाइकलका चालक बुद्धशान्ति –२ बस्ने २६ वर्षीय सन्तोष तामाङ पनि घाइते भएका छन् । घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोड उपचार भइरहेको छ । दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो साँझ ६ः५५ बजे गौरादह –८ दामाबारीस्थित गौरादह– गौरीगंज भित्री सडकखण्डमा गौरादहबाट गौरीगंजतर्फ जाँदै गरेको प्र १–०१–००१ख३४८९ नम्वरको यात्रुबाहक बसले पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय सुवास माझीलाई ठक्कर दिएको छ । घाइतेलाई उपचारको लागि वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
बस नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई राखिएको छ । बस चालक ४४ वर्षीय माधव राजवंशी घाइतेको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।



