अर्जुनधारा, असोज ५ । जेनजीको आन्दोलनमा शहादत प्राप्त गरेका झापा अर्जुनधारा –८ निवासी सहिद दिनेश राजवंशीको परिवारलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

एमआरआर कोरियाबाट सो आर्थिक सहयोग प्राप्त भएको हो । सो सहयोग रकम सहिद परिवारसम्म पुर्याउन बिर्तामोडका शरद जोशी, दमकका दिवाकर गुरुङ र विपिन आचार्यले सक्रिय भूमिका निर्वाह गरेका छन् । सहिद परिवारलाई सहयोग पुगोस् भन्ने भावनाका साथ गरिएको प्रयासप्रति परिवारजनले कृतज्ञता व्यक्त गरेका छन्।



