झापा, असोज ५ । झापाको बुद्धशान्तिमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।

आज साँझ ५ बजे बुद्धशान्ति– ३ पेट्रोल पम्पस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको मे. १ ज. १६६७ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकमा पल्टिदा बिपरित दिशाबाट जाँदै गरेको को. ४ प. ७८११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा निम्न मानिसहरु घाइते भएका छन् ।

सुमो गाडीमा सवारहरुः–
१) इलाम न.पा.– ६ बस्ने बर्ष ६० का पदमलाल लिम्बू बायाँ हातमा चोट,बोल्न सक्ने अवस्था सामान्य ।
२) ऐ.ऐ. ५ बस्ने बर्ष २४ का रन्जित बराईली बायाँ खुट्टामा चोट बोल्न सक्ने अवस्था सामान्य ।
३) झापा कमल गा.पा.– ३ बस्ने बर्ष ४२ की तुलसादेवी बिश्वकर्मा बायाँ हातमा चोट बोल्न सक्ने अवस्था सामान्य ।
४) ऐ.ऐ. बस्ने बर्ष २७ का मनोज बिश्वकर्मा निधारमा चोट बोल्न सक्ने अवस्था सामान्य ।
५) मेचीनगर न.पा.–१० बस्ने बर्ष ५५ का धनकुमार चौधरी बायाँ हातमा चोट बोल्न सक्ने अवस्था सामान्य ।

मोटरसाइकलमा सवारहरुः –
१) मोटरसाइकल चालक झापा बुद्धशान्ति गा.पा.– ३ बस्ने बर्ष ३१ का सुवास काफ्ले बायाँ हात खुट्टा पेटमा चोट बोल्न सक्ने अवस्था सामान्य ।

२) ऐ.ऐ. बस्ने उनकै श्रीमती बर्ष २३ की भिमकुमारी काफ्ले बायाँ खुट्टा, घुँडामा चोट बोल्न सक्ने अवस्था सामान्य ।
३) ऐ.ऐ. बस्ने सुवास काफ्लेका छोरा ८ महिनाका छोरा राचन काफ्ले बाहिरी चोट नभएको अवस्था तत्काल सामान्य रहेको ।
घाइतेहरुको बुधबारेस्थित भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको छ ।सुमो गाडी र मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको छ । दुर्घटनापछि सुमो चालक तत्काल फरार रहेकाले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्