झापा, असोज ६ । इलामका एक व्यक्तिले श्रीमतीलाई घाइते बनाई आफूले झुन्डिएर आत्महत्या गरेका छन् ।

इलाम नगरपालिका वडा नं.१ साखेजुङ बस्ने ४५ वर्षीय प्रकाशचन्द्र राईले आफ्नै श्रीमती ४० वर्षीया टिका मुखिया (राई) लाई खुकुरी प्रहार गरि घाइते बनाई आफूले आत्महत्या गरेका हुन् ।

आज बिहान १० बजे राईले श्रीमती टिकालाई बाँया हात र टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएका थिए । घटनाबारे छिमेकी गणदेव राईले टेलिफोनमार्फत प्रहरी चौकी रक्सेमा जानकारी गराएका थिए । प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाएको थियो । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ ।

खुकुरी प्रहार गर्ने प्रकाशचन्द्रलाई खोजतलास गर्ने क्रममा सोही ठाउँमा रहेको झिगनिको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्