झापा, असोज ६ । झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

आज बिहान ९ बजे दमक नगरपालिका –५आम्दा रोडस्थित भित्री सडकखण्डमा आम्दाबाट क्याम्पसमोडतर्फ जाँदै गरेको मे १० प १५७१ नं.को माटरसाइकलले पैदलयात्री दमक ५ बस्ने ४२ वर्षीया देवी बि.क.लाई ठक्कर दिएको थियो । टाउको, दुबै हातखुट्टा र शरीरमा गम्भीर चोट लागेर घाइते भएकी वि.क.लाई उपचारको लागि खरखरे आम्दा अस्पताल लगिएकोमा बिहान १०ः१० बजे डाक्टरले मृत घोषणा गरेका छन् ।
शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ ६ बस्ने २३ वर्षीय निराजन बिष्टलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



