झापा, असोज ६ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ स्थित सिवा खोलामा निर्माणाधीन हाइड्रोपावरमा कार्यरत एक कामदार खोलाले बगाएर बेपत्ता भएका छन् ।

आज दिउँसो ३ः२० बजे हाइड्रोपावरमा कार्यरत कामदार भोजपुर षडानन्द –१३, बोया बस्ने २६ वर्षीय पेम्बा शेर्पालाई सिवा खोला तर्ने क्रममा अचानक खोलाले बगाई बेपत्ता बनाएको हो । उनी काम गरेर डेरातर्फ फर्किदै गरेका थिए ।

प्रहरी , सेना, हाइड्रोपावरका कर्मचारी र स्थानीयवासीहरुको सहयोगमा खोजी कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्