झापा, असोज ७ । झापाको बिर्तामोड ७ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ ।

गएराति बिर्तामोड ७ स्थित खोलापारी भन्ने ठाउँमा स्थानीय अन्दाजी बर्ष ३५ का फुर्वा तामाङलाई सुतेको ठाउँमा सोही ठाउँ बस्ने बर्ष २८ का छिमेकी प्रेमकुमार राई र उनका दाजु वर्ष ३३ का रामकुमार राईले शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् । बसिला र खुकुरीबाट तामाङको हत्या भएको जनाइएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला प्रहरीद्वारा बरामद गरिएको छ ।

हत्या गर्ने ब्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरि प्रहरीको जिम्मा लगाएका छन् । समयमै प्रहरी नआउँदा हत्यामा संलग्न प्रेमकुमार राईले मदिरा सेवन गरी अन्य स्थानीयलाई समेत हत्या गर्छु भनी आतंकित बनाएका थिए ।



