झापा, असोज ७ । जुट निकाल्ने क्रममा पानीमा डुबेर सुनसरीको हरिनगरमा एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो करीब ३ः३० बजे हरिनगर वडा नंं ६ बस्ने भटन अन्सारीकी श्रीमती ४५ वर्षीया गुलशन खातुनको डुबेर मृत्यु भएको हो । उनी वडा नंं ६ स्थित सुनसरी नदीमा जुट निकाल्ने क्रममा पानीमा डुबेकी थिइन् । स्थानीयहरूले शवलाई पानीबाट निकालेर घर लगेर राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्