झापा, असोज ८ । लागूऔषधसहित झापामा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा ११ बस्ने बर्ष २६ का बिरेन्द्र लिङ्देन र दमक १ बस्ने वर्ष ३३ का हर्कबहादुर कुमाल रहेका छन् । हिजो साँझ ६;३० बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा आउँदै गरेका लिङ्देनलाई शंका लागेर शरीर तलासी लिँदा उनको साथबाट १ग्राम ३३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै हिजो दिउँसो ४ः२० बजे दमक – ६ स्थित बसपार्कमा कुमाललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकबाहेक २ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्