झापा, असोज ९ । भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा मेचीनगरमा पाँचजना पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका क्रममा तोडफोड , आगजनी र लुटपाटमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तीन वटा जाहेरी परेको छ । त्यसकै आधारमा पाँचजनालाई पक्राउ गरिएको डीएसपी राजन लामाले जानकारी दिए । अन्यको खोजी भइरहेको छ । व्यक्तिगत सम्पत्तिसंगै वडा कार्यालयहरुमा भएको तोडफोड र आगजनीका बारेमा जाहेरी परेको जनाइएको छ ।

मेचीनगरका एकजना पत्रकारसहित ९ जनाविरुद्ध झापा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । आन्दोलनको भीड प्रयोग गरी विभिन्न ठाउँमा तोडफोड र आगजनी गराउन उक्साएको आरोपमा उनीहरुविरुद्ध किटानी जाहेरी परेको डीएसपी लामाले पुष्टि गरेका छन् । ती पत्रकारले नेपाली कांग्रेस झापा जिल्ला उपसभापति केशवराज पाण्डेको मेचीनगर–७ इटाभट्टास्थित घर तोडफोड गर्न उक्साएको आरोप लागेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्