झापा, असोज ९ । झापाको बिर्तामोडमा जंगली हात्तीले एकजनालाई वीभत्स ढंगले मारेको छ ।

गएराति बिर्तामोड वडा न.७ खालबारीमा तत्काल नामथर वतन नखुलेका तराई मुलकको जस्तो देखिने वर्ष अन्दाजी ३५ का पुरुषलाई जंगलबाट आएको एउटा हात्तीले वीभत्स ढंगले मारेको हो । हात्तीले आक्रमण गरी कुल्चिएर उनको आन्द्राभुँडी बाहिर निस्किएको छ ।
घोप्टो परी मृत अवस्थामा रहेको भनी बिहान ६ः२० बजे जानकारी प्राप्त हुनसाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच मृतक बिर्तामोड वडा नं . ७ बस्ने बर्ष २७ का सहिल मो. मिया भएको पहिचान खुलेको छ ।
कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।



