झापा, असोज ९ । जिल्ला प्रहरी कार्यालय झापामा रहेका एकजना थुनुवाको मृत्यु भएको छ ।

हाडनाताभित्र पर्नेलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका भद्रपुर वडा न.२ बस्ने वर्ष ३९ का थपेन्द्रबहादुर कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । हिजो दिउँसो १२ बजे कार्की टाउको सम्बन्धी बिरामी भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

त्यहाँ सिटी स्क्यान गराउँदा टाउकोमा रगत जमेको देखिएकोले थप उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । उपचारको क्रममा राति १०.१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्