झापा, असोज ९ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको बिर्तामोडको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माणका लागि सहयोग गर्ने क्रम बढ्दै गएको छ ।


एकपछि अर्को गर्दै सहयोगी दाताहरुले इच्छा व्यक्त गर्दै निरन्तर सहयोग गरिरहेको पुनर्निर्माण कार्यमा खटिएका विपिन बजगाँईले बताए । अहिलेसम्म करिव ११ लाख रकम संकलन भइसकेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटीबाट १ लाख १ हजार , न्यूटन्स स्कूलबाट १ लाख , कंचनजंघा स्कूलका केशवराज न्यौपानेबाट १ लाख , समाजसेवी राजकुमार पोखरेलबाट १ लाख १ हजार , गोमेन्द्र कलेजका रुपक खनालबाट १ लाख , व्यवसायी प्रदीप मित्तलबाट १ लाख १ हजार , कंगारु एजुकेशनबाट १ लाख ५१ हजार, झापा गोल्डकपबाट १ लाख १ हजार रुपैयाँ संकलन भएको बजगाँईले जानकारी दिए । त्यसबाहेक अन्य धेरैजनाले सहयोग गर्ने वचन दिएका छन् । नगदसंगै निर्माण सामग्री र अन्य जिन्सी सहयोग गर्न सहयोगीहरुले तत्परता देखाएका छन् ।


अहिले इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा मर्मत संभारको काम तीब्ररुपमा चलिरहेको छ । दुवै कार्यालयको पुनर्निर्माण गर्न करिव ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पुनर्निर्माण कार्यको पदम श्रेष्ठ , रमेश चौधरी र विपिन बजगाँईले अगुवाई गरिरहेका छन् । जेनजी आन्दोलनका कारण विस्थापित भएको इलाका प्रहरी कार्यालय बिर्तामोड दुई दिनअघि पुनर्स्थापित भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्