झापा,असोज १० । भारतसँगको मैत्रीपूर्ण खेलको लागि नेपाली महिला टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।

नयाँ प्रशिक्षक नवीन न्यौपानेले भारतसँगको मैत्रीपूर्ण खेलका लागि ३५ जना खेलाडीको नाम घोषणा गरेका हुन् ।
यो टोलीमा यू २० टिमका खेलाडीहरुले पनि स्थान बनाएका छन्।
गोलकिपर लीला जोशी, फर्वाडद्वय मिना देउवा र पूर्णिमा राई, मिडफिल्डरमा सुक्रिया मिया र सेनु परियारले प्रारम्भिक टोलीमा मौका बनाएका हुन्।
नेपाली टोलीले कात्तिक ९ गते सिक्किमा गएर भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, शुसिला चौधरी र लीला जोशी
डिफेन्डरः निशा थोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल र नेहा कुमारी चौधरी
मिडफिल्डरः रेनुका नगरकोटी, विमला चौधरी, अनिता बस्नेत, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दिपा शाही, तुलसा बोहोरा, सेनु परियार र सुक्रिया मिया
फर्वाडः रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर र सावित्रा भण्डारी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्