झापा, असोज ११ । झापाको दमक –५ मा रहेको ब्रोडवे क्याफेमा लफडा भएको छ ।

गएराति अन्दाजी ९ बजे ब्रोडवे क्याफेमा दमक –५ बस्ने ३१ वर्षीय सुवास तामाङलाई एउटा ग्याङले आक्रमण गरेको हो । उनीमाथि दमक –८ बस्ने बर्ष अन्दाजी ३४÷३५ का सुमन शाही, सोही ठाउँ बस्ने कोब्रा भनेर चिनिने बर्ष अन्दाजी ३३÷३४ का मुर्सिदका छोरा, गौरादह घर भएका बर्ष अन्दाजी ३०÷३२ का मन्त्री भनेर चिनिने लगायत १५÷१६ जना युवाहरुले एक्कासि लाठी, रड, बियरको बोतल प्रहार गरेका थिए । तामाङलाई कुटपिट गरी उनीहरु फरार भएका छन् ।
घाइतेलाई तत्काल निम्स अस्पताल दमकमा लगी उपचार भइरहेको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको छ । आज बिहान अस्पतालले घटनाबारे खबर गरेपछि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर कुटपिट गर्नेहरुको खोजतलास भइरहेकोे जनाइएको छ ।



