झापा, असोज १२ । मट्टितेल खाएर झापा कचनकवलका एक चार वर्षीय बालक विरामी भएका छन् ।

हिजो साँझ ५ बजे कचनकवल वडा नं ७ तुलसीबारी बस्ने श्रवण लिम्बूका छोरा ४ वर्षीय समिप लिम्बूले बालुबारीस्थित आफ्नो मामाघरमा बोतलमा राखेको मट्टितेल खाएका हुन् । बिरामी भएका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनको अवस्था मध्यम रहेको छ ।
इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक दिपेन्द्र गौतमको कमाण्डमा टोली खटिएर घटनाबारे बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।



