झापा, असोज १४ । जेनजी आन्दोलनमा शहादत प्राप्त शहीदहरुको १३ औं दिनको पुण्य तिथिमा बिर्तामोडमा मौन र्याली तथा श्रद्धाञ्जली सभा गरिएको छ ।


जेनजी आन्दोलनमा शहादत प्राप्त शहीदहरुको १३ औं दिनको पुण्य तिथिको अवसरमा शहीदहरुको सम्मानको लागि बिर्तामोड ५ स्थित मुक्तिचोकमा भेला भई करिव ७०÷८० जनाको उपस्थितिमा जेनजीका अगुवा भिम श्रेष्ठको नेतृत्वमा विभिन्न नाराहरु लेखिएक प्लेकार्डसहित मौन र्याली निकाली बिर्तामोड बजार परिक्रमा गरिएको थियो ।

‘तिम्रो सम्झना हाम्रो सपना, सुन्दर देश नेपालको चाहना, तपाईहरुको साहस र अडान अनि योगदान हामी कहिल्यै बिर्सने छैनौं , सधैं सम्झिरहने छौं , परिवर्तनको खातिर अरु पुस्ताले पनि बलिदान दिन नपरोस् , देशले सोध्दैछ , विकल्प खोज्दैछ , वीर शहीदहरु अमर रहून् ’ जस्ता नारा लेखिएका प्लेकार्ड सहभागीहरुले बोकेका थिए ।

उक्त र्यालीपश्चात् मुक्तिचोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्