झापा, असोज १५ । वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड ३ स्थित मुसहर बस्तीकी एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ११ बजेतिर वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड ३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो । बाख्रा लिन जाँदै गर्दा उनलाई चट्याङले लागेको थियो ।

घाइतेलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्त अन्जु चौधरीले बताइन् । मृतकको शव सोही अस्पतालमा रहेको छ । उनका श्रीमान , एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्