झापा, असोज १८ । चाडबाडमा झापामा चोरीको घटना बढेको छ ।

हल्दिवारीका विभिन्न ठाउँमा लाखौको चोरी भएको हो । हिजो साँझ ६ः४० बजे हल्दिवारी वडा नं.२ सूर्य होली चौक बस्ने केदारप्रसाद रिजालको एकतले घरमा कोही नभएको समयमा घरको दक्षिणपट्टिको ढोकाको कब्जा फुटाई लाखौको चोरी भएको हो ।
रिजालको घरबाट सुनको बिभिन्न गर–गहना तथा नगद रु.५० हजार गरी अन्दाजी १३ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी हल्दिवारीका प्रहरी सहायक निरीक्षक ज्ञाननारायण श्रेष्ठको कमाण्डमा टोली खटिएर चोरी गर्ने ब्यक्तिको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि विहीवार राति हल्दिवारी –५ धनुषा स्कुलनजिक उमापति थापाको घरमा कोही नभएको अबस्थामा चोरी भएको थियो ।



