झापा, असोज १८ । इलाममा एक युवकको शंकास्पद मृत्यु भएको छ ।

हिजो बिहान ८.३५ बजे इलाम नगरपालिका– १ साखेजुङ बस्ने लक्ष्मण लोक्तामका छोरा बर्ष २० का कुशल लोक्ताम आफ्नै घरदेखि करिव ५० मिटर उत्तरमा रहेको खनिउको रुखको हाँगामा प्लास्टिकको डोरीको पासो लागेर झुण्डिएको अबस्थामा फेला परेका हुन् । उनको शरीरमा बाहिरी हल्का चोटपटक देखिएको छ ।

मृतकको शव जिल्ला अस्पताल इलाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्