बिर्तामोड, असोज १८ । बिर्तामोडको इलाम स्टेन्डबाट एक महिला बेपत्ता भएकी छन् ।

हिजो दिउँसो ४.४५ बजे बिर्तामोड– ५ स्थित इलाम स्टेन्डबाट बुद्धशान्ति गाउँपालिका –७ सुनमाई बस्ने कालीबहादुर तामाङकी श्रीमती बर्ष ६८ की फुलमाया तामाङ बेपत्ता भएकी हुन् । उनका श्रीमानले इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ ।
महिलाको हुलिया यस प्रकार रहेको छ ः–वर्ण गोरी, उचाई अन्दाजी ५ फिट २ इन्च, कपाल फुलेको, रातो लुङगी र हरियो बुट्टे भेस्ट लगाएकी ।



