झापा, असोज १८ । एक नाबालिकालाई जवरजस्ती करणी गरी फरार भएका शिवसताक्षी –७ तुम्देन चौक बस्ने ३५ वर्षीय राकेश भन्ने युक्फोदेन शेर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको टोलीले उनलाई घरैबाट पक्राउ गरेको हो । उनले बिहीवार राति ११ः३० बजे शिवसताक्षी ८ की एक १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेका थिए ।
आफ्नै घरको माथिपट्टी रहेको वरण्डामा सुतिरहेको अवस्थामा शेर्माले जवरजस्ती करणी गरिरहेको अवस्थामा पीडितकी आमाले देख्नसाथ उनी फरार भएका थिए । नाबालिकाका बुवाले जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।



