झापा, असोज १८ । तमोर करिडोरमा सवारी दुर्घटना भएको छ ।

ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ साँवाबाट शनिबार बिहान धरानका लागि छुटेको बोलेरो जीप सडकबाट तल खसेको हो। कार्तिके भन्ने स्थान नजिक लुरुपामा यात्रुसहितको मे १ ज ३०५५ नम्बरको जीप तमोर नदी किनारमा खस्दा पाँच जनाको मृत्यु भएको र ६ जना घाइते भएको कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले बताए । मृत्यु हुनेहरुमा तीन पुरुष र दुई महिला रहेका छन् ।
गाडीमा १२ जना सवार रहेको बताइएको छ । पाँच जनाको मृत्यु र ६ जनालाई उद्धार गरिएकोमा हराएका एकजनाको खोजी भइरहेको खड्काले जानकारी दिए ।



