झापा, असोज १९ । शनिबार र आइतबारको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी अहिलेसम्म इलाममा ३७ सहित ४९ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ ।
त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ ।

त्यस्तै बाढीपहिरोमा परी ७ जना बेपत्ता छन् भने २० भन्दा बढी घाइते भएका छन् ।
इलाम जिल्लामा पहिरोको कारण मृत्यु हुनेको संख्या
१)सूर्योदय न.पा. = ५ जना
२)माङसेवुङ गा.पा. = ३ जना
३)देउमाई न.पा. = ८ जना
४)फाकफोकथुम गा.पा. = १ जना
५)इलाम न.पा. = ६ जना
बेपत्ता = १ जना
६)माईजोगमाई गा.पा. = ८ जना
७)सन्दकपुर गा.पा. = ६ जना

जम्मा
१)मृतक = ३७ जना
२)बेपत्ता = १ जना

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्