झापा, असोज २३ । झापाली समाज साउदी अरबले झापाको शिवसतासी नगरपालिका–४ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एक थान एलइडी हस्तान्तरण गरेको छ।

विद्यालयमा आयोजित एक विशेष समारोहका बीच समाजका तर्फबाट हस्तान्तरण गरिएको उक्त उपकरण विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद चापागाईंले ग्रहण गरे।
कार्यक्रममा शिवसतासी नगरपालिका–४ का वडा अध्यक्ष बिष्णुप्रसाद प्रसाई विशेष अतिथि रहेका थिए । कार्यक्रममा झापाली समाज साउदी अरबका अध्यक्ष रबिन गिरीले समाजले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको दायित्व सम्झँदै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताए ।समाजका तर्फबाट पूर्व अध्यक्ष राजेन्द्र थापा, सह–सचिव देवीबहादुर कार्की, सदस्य राजिव श्रेष्ठ र सदस्य कृष्णमाया हुमागाई समेतको उपस्थिति रहेको थियो।
प्रधानाध्यापक चापागाईंले विद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयमा आधुनिक प्रविधिमार्फत सिकाइ वातावरण सुधार गर्न र विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।