झापा, असोज २३ । झापामा घरको छतबाट हाम्फालेर र लडेर दुईजना गम्भीर घाइते भएका छन् ।

मंगलवार दिउँसो ४.३० बजे दमक – ४ बगान बस्ने ३८ वर्षीय युवान लिम्बू (मानसिक अबस्था ठिक नभएको)ले आफ्नै २ तले घरको छतबाट हाम्फालेका थिए । उनले आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भई उपचारको लागि निम्स अस्पताल दमक लगिएको थियो ।

त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट टिचिङ अस्पतालमा भर्ना गरिएको छ । उनको दुबै खुट्टा र मेरुदण्ड भाँचिएकोले अबस्था गम्भीर रहेको छ ।

त्यस्तै हिजो दिउँसो ४ः४५ बजे भोजपुर घर भई हाल बिर्तामोड वडा न.५ गजुरमुखी टोलमा मोहनप्रसाद उप्रेतीको घरमा डेरा गरी बस्ने ५४ वर्षीय टंक राई मादक पदार्थ सेवन गरी सिढि चढ्ने क्रममा अचानक लडेका छन् । टाउकोमा चोट लागेका राईको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्