झापा,असोज २४ । बिर्तामोडमा जुवा खेल्दै गर्दा ११ जना पक्राउ परेका छन् ।

गएराति १० बजे बिर्तामोड ८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवाजन्य तास खेलिरहेको अबस्थामा उनीहरु पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घरधनी उप्रेतीसहितलाई जुवाजन्य तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद २ लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले उनीहरुको नाम खुलाएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्