झापा,असोज २४ । फागुन २१ गतेको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने मानिसहरूको भीड लाग्न थालेको छ ।

काठमाडौँ उपत्यका लगायतका विभिन्न जिल्ला निर्वाचन कार्यालयमा मानिसहरूको भीड लागेको हो ।
निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएसँगै मतदाताको भीड बढेको हो ।
निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने आयोगको सूचनामा उल्लेख छ।
फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने जनाएको छ।



