झापा, असोज ३० । बहुचर्चित महाभारत टेली श्रृंखलामा कर्णको भूमिका निभाएर चर्चित भएका अभिनेता पंकज धीरको निधन भएको छ ।

उनको बुधबार बिहान निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
६८ वर्षीय पंकज लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । रोग धेरै बल्झिएपछि केही महिनाअगाडि उनको मेजर अप्रेसन गरिएको थियो ।

सन् १९८८ मा दूरदर्शनमा प्रसारित बीआर चोपडाको टिभी सिरियल ‘महाभारत’ मा कर्णको भूमिका निभाएपछि उनी लोकप्रिय भएका थिए ।

महाभारतका अलावा उनले चन्द्रकान्ता जस्ता लोकप्रिय श्रृंखलामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पञ्जाबमा जन्मिएका धीरले फिल्महरूमा पनि काम गरेका थिए, तर टेलिभिजन नै उनको मुख्य पहिचान बनेको थियो।उनको अन्तिम संस्कार बुधबार नै मुम्बईको विले पार्लेस्थित श्मशान गृहमा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्