झापा,असोज ३० । प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै मुद्रण विभागमा पत्र बुझाइएको छ ।

बिहीबार युवा आवाज नामक सङ्गठनले विभागमा पत्र बुझाएको हो ।
भाद्र २३ गते भ्रष्टाचार विरुद्ध भएको आन्दोलन केवल भ्रष्टाचारको विरोध मात्र नभई सरकारी कामकाजमा देखिएको ढिलासुस्ती, लापरबाही र प्रशासनिक जटिलताबाट नागरिकहरूले भोग्नुपरेको असन्तोष, रिस, र उत्तेजनाको संयुक्त अभिव्यक्तिको रूपमा देखिएको उनीहरुले बताएका छन् ।
त्यसैले अहिलेको अवस्थामा लाइसेन्स छाप्न प्रदेशलाई समेत अधिकार दिन माग गर्दै पत्र बुझाइएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्