झापा, असोज ३१ । सर्पले टोकेर झापाको अर्जुनधारामा एक बालकको मृत्यु भएको छ ।

गएराति अर्जुनधारा– ११चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका छोरा १० वर्षीय अनिश राईलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो ।

उनका बुबाले उपचारको चारआली सर्पदंश केन्द्र ल्याई उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याई डाक्टरले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्