झापा, असोज ३१ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक(सई) ज्ञानु खड्का कोशी प्रदेशकै उत्कृष्ट साईवर अपराध अनुसन्धानकर्ताको रुपमा पुरस्कृत भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले नेपाल प्रहरीको पेशागत मर्यादालाई कायम राख्दै आफ्नो जिम्मेवारी सम्पन्न गर्ने सन्दर्भमा कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी साईवर अपराध अनुसन्धानकर्ताको क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत् उनलाई पुरस्कृत गरेको हो ।

७० औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय झापामा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको हस्ताक्षर भएको सम्मानपत्र प्रहरी उपरीक्षक राजन लिम्बूले खड्कालाई प्रदान गरेका थिए ।

करिव १० वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका इलाम देउमाई निवासी खड्का आठौ पटक पुरस्कृत भएका हुन् । यसअघि उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा दुई पटक पुलिस अफ द मन्थको रुपमा पुरस्कृत भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्