झापा, कात्तिक २ । सुनसरीको धरानमा पानीट्यांकीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

आज बिहान ६.१५ बजे धरान १९ स्थित दिपेन्द्र मार्ग बस्ने वर्ष २ की युमी तामाङ घरमा बिरालोसंग खेल्ने क्रममा पानीट्याङ्कीमा डुबेकी थिइन् । बुवाआमाले देख्नासाथ बालिकालाई वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकोमा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्