झापा, कात्तिक २ । करेन्ट लगाएर माछा मार्दा झापामा अर्का एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो १ः१० बजे कचनकवल गाउँपालिका वडा नं २ बस्ने ४९ वर्षीय लोकबहादुर गाइने सोही ठाउँमा रहेको अमलखुट्टा खोलामा करेन्ट लगाई माछा मार्न गएका थिए । माछा क्रममा आफैलाई करेन्ट लागेर गाइनेको मृत्यु भएको हो । थप अनुसन्धान तथा कानुनी प्रकृयाको प्रहरी टोली गएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा करेन्ट लगाएर माछा मार्दा तीन दिनमा दुईजनाको मृत्यु भएको हो । बिहीवार दिउँसो २ः३० बजे मेचीनगर –१५ निलकोठी बस्ने ४२ वर्षीय सन्तोष लिम्बूको घरनजिकै रहेको टिमाई नहर (कुलो)मा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको थियो ।साउनयता करेन्ट लगाएर माछा मार्दा झापामा पाँचजनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्