झापा, कात्तिक ३ । ठूलो मात्रामा अवैध रकम र सुनसहित एकजना लागूऔषध कारोबारी झापाको काँकडभिट्टामा पक्राउ परेका छन् ।

हिजो दिउँसो १२ः२० बजे मेचीनगर – ६ मेची पुलमा सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दोलखा गौरीशंकर गाउँपालिका –३ बस्ने ६७ वर्षीय नङ्गबहादुर बस्नेतलाई ठूलो मात्रामा ब्राउनसुगर , अवैध रकम र सुनसहित पक्राउ गरेको हो ।

उनको साथबाट अबैध नेपाली रुपैयाँ १० लाख ५१ हजार १२० , १९ लाख ६९ हजार ३०८ रुपैयाँ मूल्य पर्ने ९० ग्राम ५४० मिलिग्राम सुन र प्लाष्टिकबाहेक ४० ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला परेको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले बरामदी सामान, नगद, लागूऔषधसहित बस्नेतलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्