झापा, कात्तिक ३ । झापा भद्रपुरको दुईवटा गहना पसलबाट लाखौको गरगहना चोरी भएको छ ।

गएराति भद्रपुर नगरपालिका ५ मा रहेको न्यू कल्याणी ज्वेलर्स र सोही ठाउँमा रहेको चन्दन ज्वेलर्समा चोरी भएको हो ।
भद्रपुर ५ बस्ने संजय साहको न्यू कल्याणी ज्वेलर्सबाट सुनचाँदीबाट बनेको बिभिन्न किसिमका गरगहनाहरु, भाँडावर्तन गरी १ तोला सुन, अन्दाजी ५ के.जी. बराबरको चाँदी र राजकुमार साहले संचालन गर्दै आएको चन्दन ज्वेलर्समा चाँदीबाट बनेको बिभिन्न किसिमका गरगहनाहरु अन्दाजी ४० तोला बराबरको चोरी भएको जनाइएको छ ।


अपरिचित ब्यक्तिले पसलको पछाडि जस्तापाताले बनेको ढोका र मुल ढोकाको ताल्चा फोरी पसलभित्र प्रवेश गरेका थिए । आज बिहान ८ पसल संचालकहरुले वडा प्रहरी कार्यालय भद्रपुरमा मौखिक जानकारी गराएपछि प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो । चोरी गरी भागेका ब्यक्तिको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।चोरी गर्दै गरेका व्यक्तिको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्