झापा, कात्तिक ३ । भारतीय अभिनेता असरानीको ८४ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ ।

असरानीका निजी सचिव बाबूभाईले निधन भएको पुष्टि गरेका छन् । उनका अनुसार असरानी पछिल्लो चार दिनदेखि स्वास्थ्य सम्बन्धी समस्याका कारण मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा उपचाररत थिए । आज दिउँसो ३.१५ देखि ३.४५ बजेको बीचमा उनको निधन भएको हो ।

मुम्बईको सान्ताक्रूज़ इलाकाको शास्त्री नगरस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको छ ।उनको पूरा नाम गोवर्धन असरानी थियो । उनको जन्म १९४१ मा जयपुरमा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्