झापा, कात्तिक ४ । जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक वृद्धा सख्त घाइते भएकी छन् ।

आज विहान ५ बजे मेचीनगर वडा न.६ फाईरिङ चोक बस्ने ७४ वर्षीया उसिला राईलाई आफनै घर अगाडि फूल टिप्ने क्रममा एकल जंगली हात्तीले आक्रमण गरेको हो । घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि लाइफ लाइन अस्पताल दमक रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्