झापा, कात्तिक ५ । झापाको अर्जुनधारामा पुजा कोठामा लक्ष्मी पुजा गर्न राखिएको लाखौंको सुन र नगद चोरी भएको छ ।

हिजो विहानको राति २ः३० बजे अर्जुनधारा –६ बिहानी टोल रोड नं.१६ बस्ने रमेश काफ्लेको पक्की दुई तले घरको माथिल्लो तलाबाट चोर पसी तल्लो तलामा रहेको पुजा कोठामा लक्ष्मी पुजा गर्न राखिएको करिब तीन तोलाको सुनको छड्के तिलहरी, चुरा, औठी, झुम्का र पुजा गर्न राखिएको नगद ५ हजार गरी करिब ७ लाख ५ हजार बराबरको सामान चोरी भएको हो ।
सेतो धर्के सर्ट लगाएका वर्ष अन्दाजी २५ का युवक घरभित्र पसेको बताइएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।