झापा, कात्तिक ५ । इलाममा झोलुङ्गे पुलबाट झरेर महिलाको मृत्यु भएको छ ।

आज बिहान ११ बजे माई नगरपालिका ६ माईखोलामा वडा नं ६ र १ जोड्ने झोलुङ्गे पुलमुनि वडा नं .६ बस्ने कृष्णबहादुर मगरकी श्रीमती ४८ वर्षीया चन्द्रमाया मगरको शव फेला परेको हो । पुल क्रस गरेर बाँसतर्फ आउँदै गर्दा उनी झरेकी हुन् ।

माईखोलाको बगरमा महिला मृत अवस्थामा फेला परेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी महमाईबाट प्रहरी सहायक निरीक्षक पुष्पराज पोखरेलको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।

थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा प्रहरी टोली गएको थियो । कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्