झापा, कात्तिक ७ । भान्जीलाई बलात्कार गरेको आरोपमा कमलका एक युवक पक्राउ परेका छन् ।

हिजो विहान १० बजे कमल ५ बस्ने ३२ वर्षीय युवकले आफ्‌नै १६ वर्षीया भान्जीलाई जवरजस्ती करणी गरेको आरोप लागेको हो । घटनाबारे इलाका प्रहरी कार्यालय दमकमा जानकारी भएपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्