झापा,कात्तिक ८ । अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार माइतीघरमा पुगेकाहरूलाई प्रहरीले प्रदर्शन गर्नबाट रोक्दै नियन्त्रणमा लिएको हो ।
यसअघि, माइतीघरमा विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका थिए । सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका छन् । अनुमति नलिई नै प्रदर्शनमा आउनेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार हालसम्म नियन्त्रणमा लिइएकाहरूको संख्या ७५ जना पुगेको छ । उनले भने, ‘प्रशासनको अनुमति बिना कार्यक्रम गर्न नदिने भनिएको थियो तर, माइतीघरमा उपस्थित भएपछि सोधपुछको लागि नियन्त्रणमा लिएका हौँ । फेरि एउटा समूह पहिलेदेखि नै बसेको थियो, त्यहाँ मनमुटाब हुने अवस्था बनेपछि यो कदम चालिएको हो।’



