झापा, कात्तिक १० । झापाको मेचीनगर वडा न.१० टिकापुरस्थित नागरडुब्बा खोलामा डुबिरहेको अबस्थामा एकजना बेवारिसे मानिस फेला परेका छन् ।

आज बिहान ७ः३० बजे तत्काल नाम थर वतन नखुलेका बर्ष ३५÷३६ का पुरुष खोलामा आधा डुबिरहेको अवस्थामा फेला परेका हुन् ।स्थानीयले जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएर ती मानिसलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको छ । उनको आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्