झापा, कात्तिक ११ । झापाको शिवसताक्षी– १० माइधारमा बस पल्टिँदा १९ जना घाइते भएका छन् ।

आज बिहान ४ बजे माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रामेछापको मन्थलीबाट काँकरभिट्टातर्फ आउँदै गरेको प्र.१–०१–००१ क ४२०९ नं.को रात्री बस अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल बायाँतर्फ पल्टिएको हो । बसमा सवार २५ जनामध्ये १९ जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ भने सकुशल रहेका बाँकी ६ जना आ–आफ्नो गन्तब्यतर्फ गएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुको नामावली यस प्रकार रहेको छ ।
१. बस चालक झापा मेचीनगर न.पा.६ बस्ने बर्ष–३९ का राजु भुजेल टाउकोमा चोट अवस्था मध्यम।
२.रामेछाप मन्थली न.पा. १० बस्ने बर्ष– ६५ का अम्बरबहादुर बुढाथोकी घाँटी र ढाडमा चोट अवस्था मध्यम
३. झापा गा.पा.३ बस्ने बर्ष १७ की इक्षा लिम्बू निधार हात र खट्टामा चोट अवस्था मध्यम ।
४.रामेछाप मन्थली न.पा.९ बस्ने बर्ष ३५ का भिमप्रसाद पुरी बायाँ करङमा चोट अवस्था मध्यम
५. झापा कचनकवल गा.पा.४ बस्ने बर्ष २० का रबिलाल गणेश टाउकोमा चोट अवस्था मध्यम
६.रामेछाप ठाडादेवी गा.पा. ३ बस्ने बर्ष ६५ की मिटु खत्री ढाडमा चोट अवस्था मध्यम ।
७. झापा कचनकवल गा.पा. ४ बस्ने बर्ष २१की परिना गणेश टाउको र ढाडमा चोट अवस्था मध्यम
८.झापा बिर्तामोड न.पा.१० बस्ने बर्ष ३६ की सुमित्रा खड्का कार्की हात र खुट्टामा चोट सामान्य
९.उनका छोरा बर्ष ९ का एलोन कार्की टाउको र छातीमा चोट अवस्था मध्यम।
१०. दोलखा बैनेश्वर न.पा.३ बस्ने बर्ष ३० का प्रदिपबहादुर बस्नेत टाउकोमा चोट अवस्था मध्यम
११. रामेछाप देउराली बस्ने रामु श्रेष्ठका छोरा बर्ष– ८ अनु श्रेष्ठ टाउकोमा चोट अबस्था सामान्य
१२. दोलखा तामाकोशी गापा – ३ बस्ने बर्ष– २८ का कुमार बस्याल छातीमा चोट अबस्था सामान्य
१३. झापा कचनकवल गापा –६ बस्ने बर्ष– २७ की भिमा राजवंशी छाती र कुममा चोट अवस्था मध्यम
१४. झापा बिर्तामोड नपा ५ बस्ने बर्ष ३५ का रामकुमार श्रेष्ठ छाती र तिघ्रामा चोट अबस्था सामान्य
१५. उनका छोरा बर्ष– ९ का रिदम श्रेष्ठ हात र खुट्टामा चोट अबस्था सामान्य ।
१६. झापा बिर्तामोड नपा –५ बस्ने बर्ष– २३ का पूर्णबहादुर नेपाली टाउको र कुममा चोट अबस्था सामान्य
१७. ऐ.ऐ. बस्ने बर्ष– १८ शितल नेपाली बायाँ आँखाको डिलमा चोट अबस्था सामान्य
१८. झापा बाह्रदशी गापा –५ बस्ने बर्ष– २१ का अभिशेक राजवंशी नाकमा चोट अबस्था सामान्य
१९. झापा गापा २ बस्ने बर्ष– १८ का श्यामलाल किस्कु टाउकोमा चोट सामान्य ।



