झापा, कात्तिक ११ । कन्काई माई खोलामा डुबेर मृत्यु हुने मृतकको पहिचान खुलेको छ ।

उनी शिवसताक्षी नगरपालिका वडा न.१० फागुनन्द चोक बस्ने ५१ वर्षीय प्रेम लिवाङ भएको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठीक नभएका लिवाङ हिजो बिहान १० बजे घरबाट आफूखुशी हिडेको मृतककी छोरी बिनिता लिवाङले बताएकी छन् ।

शवलाई कानुनी प्रकृया पुरा गरी साँझ ६ः३५ बजे पोष्टमार्टमकको लागि दमक अस्पताल पठाइएको छ । हिजो दिउँसो शिबसताक्षी–९ बैसावारीस्थित माईखोलामा डुबेको अबस्थामा लिवाङ मृत फेला परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्