झापा, कात्तिक ११ । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाइते भएका छन् ।

गएराति १२.१५ बजे अर्जुनधारा – ६ पूर्वेली टोलस्थित भित्री सडकखण्डमा महानन्दचोकबाट पूर्वेली टोलतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८५८ नम्बरको मोटरसाइकलले पैदल यात्री बिर्तामोड –३ बिर्ताबजार बस्ने ५५ वर्षीय राम सेवकलाई ठक्कर दिएको हो । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचार भइरहेको छ । मोटरसाइकल र मोटरसाइकल चालक इलाम रोङ – ५ बस्ने बर्ष २१ वर्षीय प्रनिस मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै आज बिहान १०ः४५ बजे पाँचथर फिदिम – २ जोरसाल बजारस्थित घुम्ती मोडमा धरानबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे.१ ज २६५३ नम्बरको सुमोले प्र. १–०२–०५४ प ३४३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दमक –८ बस्ने २५ वर्षीय पविन थापा घाइते भएका छन् ।
घाइतेलाई जिल्ला अस्पताल पाँचथर ल्याइ उपचार भइरहेको छ । सुमो गाडी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।



