झापा,कात्तिक ११ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा अत्यधिक हिमपात भएको भन्दै पर्वतारोहण दल र पदयात्रीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।


एक सूचना जारी गर्दै संघले पर्वतारोही र पदयात्रीहरूलाई अनावश्यक रूपमा उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म हल्कादेखि भारी हिमपातको सम्भावना औँल्याएकाले यात्रा गर्नुअघि थप सतर्कता अपनाउन संघले सुझाव दिएको छ।
संघले सम्बन्धित ट्रेकिङ कम्पनीहरूलाई पनि आफ्ना आरोहण दल तथा पदयात्रीहरूको सुरक्षाका लागि समन्वय गर्न आग्रह गरेको छ । यस्तै उच्च हिमाली क्षेत्रमा रहेका सम्पूर्ण पर्वतारोहण दल र पदयात्रीहरूलाई सुरक्षित स्थानमा एकीकृत भई नेपाल पर्वतारोहण सङ्घ तथा सम्बन्धित ट्रेकिङ कम्पनीहरूसँग नियमित सम्पर्कमा रहन पनि संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्