झापा, कात्तिक १५ । मेची नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी १०.३० बजे भारत बक्सरभिट्टा ४ बिहारतर्फको मेची नदी किनारमा मेचीनगर १० बस्ने बर्ष ४१ वर्षीय महमद नौसादको डुबेर मृत्यु भएको हो । मेची नदीले बगाई नदीको दक्षिणी भागमा उत्तानो परी मृत अबस्थामा उनको शव फेला परेको थियो ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी मेचीपारीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्