झापा, कात्तिक १६ । झापाको गौरादहस्थित एक होटलबाट १६ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति गौरादह नगरपालिका ५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित १६ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमध्ये बिनोद अधिकारी भने गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका ब्यक्ति रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रास्वपा गौरादह नगर सभापति जगत अधिकारी गौरादह–३, गौरादह रास्वपा ४ नम्बर वडा सभापति युबराज खड्का , भरत कार्की, हृदय सुवेदी, टंक बराल (सुन ब्यबसायी), राम फुँयाल, केदार मगर,नबराज भट्टराई , रोशन खत्री , बिनोद अधिकारी, गौरादह ५ (तोडफोड आगजनीमा संलग्न), दुर्गा पौडेल, मकर अधिकारी , अशोक काफ्ले , अर्जुन श्रेष्ठ, सुदिप चेम्जोङ र दिलबहादुर मगर रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्